जनकपुरमा गाेलि चल्याे , प्रहरी र बन्दकर्ता बिच झडप !



जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता/कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको बताए ।

‘संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’ उनले भने, ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं ।’

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार