आमहडतालमा पत्रकार कुट्दै प्रचण्ड माधव समूह, सातदोबाटोमा पत्रकारलाई ज्यान जाेगाउनै मुस्किल !



प्रचण्ड नेपाल समूहले पत्रकार कुटेको छ । आज देशव्यापी आमहडताल गरेको उक्त समूहले रिपोर्टिङमा गएका माउन्टेन टेलिभिजन र सिलापत्र अनलाइनकाे पत्रकार माथि हातपात हातपात गरेका हुन । कार्यकर्ता हातपात उत्रिए पछि केही नेताहरूले जाेगाउन खाेजे पनि पत्रकार माथि हातपातकाे क्रम राेकिएन । १०-१२ जनाले हातपात गरेर आफ्नो माेबाइल समेत फुटाएकाे सिलापत्रका पत्रकारले बताए ।

सरकारी गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट प्रचण्ड–माधव समूहका पाँच जना पक्राउ
प्रहरीले विराटनगरबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई पार्टी कार्यालयबाटै पक्राउ गरेको हो । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले विराटनगरको तीनपैनीस्थित पार्टी कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षत्रीसहित पाँच जना केही बेरअघि पार्टी कार्यालयबाटै पक्राउ परेको प्रचण्ड–माधव समूहकी नेतृ नमिता न्यौपानेले जानकारी दिइन् ।
प्रहरीले महानगर संघर्ष समितिकी सहसंयोजक मीरा दाहाल, विराटगनर महानगरपालिका–६ का वडा सदस्य चम्पा कार्की, मीना पोखरेल, शारदा मैनालीलगायतलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार