बन्दका नाममा पसल बन्द गराए नियन्त्रणमा लिएर कारवाही गर्छौँः नेपाल प्रहरी



नेपाल प्रहरीले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ । सरकारको विरोधमा प्रचण्ड समूहले भोली आम हड्तालको घोषणा गरेसँगै प्रहरीले यस्तो बताएको हो । प्रचण्ड समूहको नेकपाले आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने बताएको छ ।

यद्यपी भोली नै कतिपय विद्यार्थीहरुको परीक्षा भएकाले केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले भोली सम्पूर्ण सुरक्षा व्यवस्था कडा गरिने बताए । उनले गैरकानूनी काम गर्ने, पसल बन्द गराउँदै हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार