प्रचण्डले शहीदहरुलाई भने- ‘तिमी त मरेर गयौँ, शहीद भयौँ, तर बाँचेर हेर, बाँच्न त झन गाह्रो छ’



काठमाडौं, २१ माघ । प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भविष्यले शहीदलाई सम्मान गर्ने बताउनु भएको छ । बुधबार आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेकाले शहीद नमाने पनि भोलिकाले शहीदलालई सम्मान गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेकाले नमानेपनि भोलि पर्सीकाले मान्छन्, जनयुद्धको बेला पनि चिहानमा पुरिएका शहीदलाई पनि निकालेर हामीले तीनलाई जनताका लागि लडेका महान शहीद भन्यौँ, त्यो बेला कसैले शहीद भन्दैन थियो, अहिले स्थापीत भएको छ।’

त्यस्तै अध्यक्ष प्रचण्डले आफूपनि शहीद भएको भए शहीद भन्ने सम्मान समाजमा पाउने तर शहीद हुनेलाई भन्दा बाँचेलाई गाह्रो भएको बताउनु भयो । आफूमा पनि कम पीडा नभएको बताउदै उहाँले कवी भूपी शेरचनको कविताको हर्फ सुनाउदै भन्नुभयो, ‘ए मरेर जाने शहीदहरु तिमी त मरेर गयौँ, शहीद भयौँ तर बाँचेर हेर बाँच्नु त झन गाह्रो छ।’ जनयुद्धका क्रममा सबै मर्न भनेर हिडेको तर संयोगले आफूहरु बाँचेको र अहिले यसरी कार्यक्रम गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

थुपै शसस्त्र आन्दोलनमा लडेकाहरुलाई पनि स्थापीत गराएको अध्यक्ष प्रचण्डले बताउनुभयो । कतिपयले अहिले पनि शहीद भनेर नाम लिन नचाहेको तर ती महनान शहीद भएकोले भोलिको इतिहासले उनीहरुलाई महान शहीदको भनेर सम्मान गर्ने बताउनु भयो । अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा पहिलो निर्णयको रुपमा जनमुक्ति आन्दोलनमा शहिद हुनेहरुलाई रारष्ट्रिय शहीद घोषणा गर्ने र उनीहरुलालई सम्मान गरेको बताउनुभयो । तर अहिले उक्त निर्णयलाई लुकाइएको र दवाइएको अध्यक्ष प्रचण्डले गुनासो गर्नुभयो ।

उहाँले कार्यक्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै आफू आननदले बसेको नभई तपाइहरु जस्तै चिन्तामा भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड त प्रधानमन्त्री भयो, रमाइलोसँग बसेको होला भन्ठान्नु भको होला, तर त्यो होइन, तपाईँहरु जस्तै म पनि पीडित छु।’ आफूले त्यत्रोे परिवर्तन ल्याएर क्याविनेटमा जनमुक्ति सेनालाई सम्मान गर्ने निर्णय र शहीदहरुलाई राष्ट्रिय शहीद गर्ने निर्णयको तर प्रतिकृयावादीहरुले माइनट लुकाइदिएर षड्यन्त्र गरेको गुनासो गर्नुभयो ।

आफ्नो नेतृत्वमा भएको आन्दोलन र परिवर्तनको संस्थागत गर्ने र त्यसका योद्धाहरुलाई सम्मानका लागि गरेको निर्णयलाई दवालइएको बताउनुभयो । चाहे बहिर्गमित भनेर बाहिर आएका जनमुक्ति सेनका योद्धाहरु या त स्वऐच्छिक अबकास लिएर बाहिर आएका जनमुक्ति सेनका योद्धाहरु तथा नेपाली सेनामा समायोजन भएका योद्धाहरु सबै एउटै मोर्चाको भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

अरुले जे भनेपनि त्यो मुख्य कुरा नभइ आफूले आफलाई के ठान्छौँ भन्ने कुरा भएको प्रचण्डको भनाइ थिायो । अरुले अनेक कुरा भनेर बाध्य पारेको छन् तर आफूहरुले आफैँलाई कहिल्लयौ बहिर्गमित नठानेकोले आगामी सबै एकै मोर्चामा हुने र एउटै उदेश्यको निम्ति समर्पीत हुने बुझाइ रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार