हाइड्रो पावरले बनाएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु !



इलाम, २० माघ । इलमको माइखोलामा पौडी खेल्ने क्रममा दुइजनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिका- ५ निवासी दाजुभई रहेका छन् । साविक सोयाङ निवासी डम्बर बहादुर ढकालका कान्छा छोरा १८ वर्षिय प्रविण ढकाल र उनका साइला दाजु २० वर्षिय शेखर ढकालको माइखोलाको अठ्ठारेमा माइवेनी हाइड्रो पावरले बनाएको खोला भित्रको खाल्डोमा डुवेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा भाई डुवे पछि वचाउन जाँदा दाजुको पनि डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम र स्थानीयको सहयोगमा खोलाबाट शव निकोलर अहिले इलाम अस्पतालमा पोस्टमार्टमको लागि शव राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

११ किलोग्राम गाँजासहित अटो चालक पक्राउ
अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उहाँलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उहा पक्राउ परेका हुन् । प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार