
काठमाडौं । एक दर्जन बढी बैंकले निशुल्क आस्वा सेवा उपलब्ध गराउँदै आएका छन् । बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिन र बैंकतर्फ आकर्षण बढाउनका लागि निशुल्क आस्वा सेवा उपलब्ध गराएका हुन् ।
पछिल्लो समय मेरो सेयर एप्लिकेसनबाटै शेयर भर्न सकिन्छ । प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्नका लागि कतै जान पर्दैन् । मेरो शेयरमै कुन कम्पनीको आइपीओ खुलेको मोबाइलमा भएको मेरो शेयरको एप्लिकेसनबाट सिधै हेर्न र भर्न सकिन्छ ।
तर, त्यसरी मेरो सेयरबाट आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँदेखि निशुल्कसम्म गरेका छन् । अहिले १४ बैंकले यो सुविधा दिएका छन् । यो सुविधा दिनेमा एनआइसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्राइम, नेपाल बंगलादेश बैंक, एनसीसी, नबिल, मेगा, हिमालयन, ग्लोबल, सेन्चुरी कमर्शियल बैंक,बैंक अफ काठमाण्डू लिमिटेड रहेका छन ।