नेपाललाई तीन लाख डोज कोरोनाको खोप अनुदानमा दिँदै चीन, सधै अप्ठ्यारोमा साथ दिने मित्र



काठमाण्डौँ । चीनले नेपाललाई को,रोनाको खो,प उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दूतावसले नेपाललाई अनुदानमा ३ लाख डोज खो,प उपलब्ध गराउने जानकारी दिएको छ । दूतावासले उक्त खो,प एक लाख ५० हजार नेपालीलाई फाइदा पु¥याउने बताएको छ । ‘चीनमा घरेलु हिसाबले र विश्वभर दुबै खोपको लागि ठूलो मागको बाबजुद चिनियाँ सरकारले खो,प प्रदान गर्न नेपाललाई प्राथमिकता दिईरहेको छ’, दूतावासले भनेको छ ।

नेपाल असल छिमेकी मित्र रहेको बताउँदै दूतावासले भूकम्प र म,हामारी जस्ता चु,नौतीहरूको सामना गर्दै दुबै देशहरूले जहिले पनि एक अर्कालाई साथ र सहयोग गरेको स्मरण गरेको छ ।अनुदानमा दिइएको खो,प सिनोफर्मले विकास गरी सकेको दूतावासले जनाएको छ । उक्त खो,पले चीनमा स्वीकृति पाइसकेको छ । दुई खुराक इनोकुलेसन प्रक्रिया पछि खो,पले कोरोनावि,रुद्ध ७९.३४ प्रतिशत प्रभावकारी छ । साथै एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९.५२ प्रतिशत पुगेको छ ।

हालसम्म खो,पले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आ,पतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ । चिनियाँ दूतावासले आ,पतकालीन प्रयोग र खो,पको प्राप्तीको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।

‘यो खो,प नेपालमा चाँडो भन्दा चाँडो पु¥याउन चाहन्छौं ताकि नेपाललाई को,रोना भाइरस म,हामारीबि,रूद्धको ल,डाई जित्न सहयोग पु¥याउने छ ।चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ’, दूतावासले भनेको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार