
बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि लाठी बर्साएका छन् । उनलाई लाठी हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडाम समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् । खत्री र माला शाहबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई लाठी चार्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट ला’ठी हा’नेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे ।
यस घ’टनापछि पिडित हिमा श्रेष्ठ न्याय पाउँ भनी हार गुहार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ लाठी बर्साएको भन्दै शरीरको निलडाम समेत देखाएकी छिन् । आफुमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउदै हिमाले आफुमाथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रहरीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन् । प्रहरीलाई कारबाही नगरे राष्ट्रपतिको गेटमा नांगै बस्छु भन्दै आक्रोशित बह्येकी छिन् । हेर्नुस् तलको भिडियो :