नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक !



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे काठमाडौंमा बस्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि आन्दोलित सो समूहले संसद पुनस्र्थापना हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने एक नेताले बताए ।

सो समूहले यसअघि नै बुटवल, विराटनगर र धनगढीमा तीन वटा प्रदेश स्तरीय विरोध सभा गरिसकेको छ भने जनसभा तथा भेलाहरु गर्दै आएको छ । माघ ९ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका नेकपाले माघ २८ गते पनि जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ । यसअघि सो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार