
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापा शनिबार कार्यकर्ता भेलालाई स’म्बोधन गर्न सुर्खेत पुग्नुभयो । मन्त्रीको हैसियतमा जिल्ला पुग्नुभएका उहाँलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अ’न्तिममा मन्तव्य दिनका लागि उद्घोषकले बोलाए ।स’म्बोधनका लागि पोडियममा पुग्नुभएका मन्त्री थापाको बोली सुरुमै चिप्लियो । उहाँले आफ्ना कार्यकर्ता एवं उपस्थितलाई स’म्बोधनको क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुर्खेतका आदरणीय ज’नसमुदायहरु, म तपाईंहरू सबैलाई नेकपाको स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु ।’
पछि सहयोगीले स’म्झाइदिएपछि उहाँले नेपाल सरकार नै भन्नुभएको थियो ।नेकपा वि’भाजन पछि मन्त्री बन्नुभएका मणिचन्द्र थापा पछिल्लो १ महिनादेखि अ’त्यन्त व्यस्त हुनुहुन्छ । मन्त्री भएपछि व्यस्त हुनु स्वभाविकै हो । मन्त्रालयको काममा व्यस्त हुनुपर्ने उहाँ लगायत अन्य मन्त्रीहरू अचेल विभिन्न जिल्लामा आयोजना भएका कार्यकर्ता भेलालाई सम्बोधन गर्न व्यस्त देखिनुहुन्छ ।प्रतिनिधिसभा वि’घटन भएपछि ओली पक्षमा लाग्नुभएका मन्त्री थापाले पछिल्लो एक महिनामा पार्टीका थुप्रै कार्यक्रममा पुग्नुभयो ।
प्रतिनिधिसभा वि’घटनको पक्षमा आफ्ना म’न्तव्य दिँदै आउनुभएका उहाँले अधिकांश समय पार्टीको अर्का स’मूहका अध्यक्ष पुष्पकमल दाहालमाथि च’र्को आ’लोचना गर्न ख’र्चनुभएको छ ।
ओली पक्षका नेताहरूको भन्दा कडा दाहाल पक्ष छा’डेर गएकाहरूले बढी आ’लोचना गरेको अध्यक्ष दाहालले पनि म’हसुस गर्नुभएको छ । उहाँले केही सार्वजनिक कार्यक्रममै नयाँ–नयाँ मन्त्री बनेका साथीहरूले बढी ख’रानी घ’सेको बताउनुभएको थियो । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोस