
चितवन, माघ १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर हिडनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनका जनता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा स्पष्ट रुपमा खडा भएका छन । प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाएर नेकपा चतिवनले आज आयोजना गरेको जनसभामा उपस्थित भएर चितवनवासीले आफूहरु प्रचण्ड र माधवकुमार नेपाल समुहको बिपक्षमा रहेको प्रष्ट सन्देश दिएका हुन ।
आजको जनसभामा मानवसागर नै उर्लिएको तस्विरले देखाएको छ । नेकपाले प्रचण्ड माधव समुहको षडयन्त्रबारे जानकारी दिन आज सभाको आयोजना गरेको थियो । जिल्लासभाका रुपमा आयोजित कार्यक्रममा मानवसागर नै उर्लिएको छ ।
मेयर पिकनिक खान जानुभयो होला : प्रधानमन्त्री ओली
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अयोध्यापुरिले छिटै विश्वको ध्यान तान्ने बताउनुभयो । रामजन्मभुमीमा राम मन्दिर बनाउन यहिबाट जितेका सांसद किन बोल्न सकेनन् भनेर प्रश्न गर्नुभयो । भरतपुरको जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले विकासका निर्माण गर्न खोज्दा उनीहरु अत्तालिएको बताउनुभयो । तपाइहरुले ३ सांसद चुन्नुभयो, खै उहाहरु ? उहाले भन्नुभयो, फेरि पनि चाहिन्छ र उहाहरु ? चितवनभरिबाट जनता जम्मा हुदा खै तपाइका मेयर भनेर प्रश्न गर्नुभयो । उहाले सायद मेयर पिकनिक खान जानुभयो होला भनेर व्यङ्ग्य गर्नुभयो ।
रेणुलाई डोरमणिको प्रश्न- सूर्य चिन्हका मतपत्र च्यातेर जित्नेको हैसियत के हो ?
प्रधानमन्त्री उपस्थित सिटी हल शिलान्यास कार्यक्रम बहिस्कार गरेकोमा वामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आलोचना गरेका छन् । भरतपुरमा आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सूर्य चिह्नको मतपत्र चपाएर मेयर हुनेले अरुकै जुठोपुरो खाएर प्रधानमन्त्रीलाई बहिस्कार गरेको टिप्पणी गरे ।
पौडेलले प्रश्न गर्दै भने– मतपत्र च्यातेर, चपाएर विजयी हुनेहरु प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम बहिस्कारको विज्ञप्ति निकालेर भागेका छन् । कसको जुठोपुरो खायौ ? प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत के हो ? कसको इसारामा भयो ? मुख्यमन्त्री पौडेलले भरतपुरको लाखौंका जनसभाले प्रचण्ड माधव पक्षका धेरैलाई हर्ट अट्याक हुनसक्ने बताए ।
चारतिरैबाट घेराबन्दीमा परेपछि न्याय खोज्दै चुनावको घोषणा गरियो : मन्त्री नेम्बाङ
मन्त्री बसन्त नेम्बाङले प्रधानमन्त्रीले चारतिरैबाट घेराबन्दीमा परेपछि न्याय खोज्दै जनताको अभिमत लिन चुनावको घोषणा गर्नुभएको बताउनुभयो । भरतपुरमा आयोजित जनसभामा बोल्दै लोभिपापी, स्वार्थीलाइ छाडेर पार्टी पुनर्गठन गरिने बताउनुभयो । मन्त्री नेम्बाङले संसद विघटन संविधान बमोजिमनै भएको जीकर गर्नुभयो । राष्ट्रलाई बन्दक बनाउनुभन्दा संसद विघटनको राजनीतिक निर्णय भएको बताउनुभयो ।