
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहले सूर्य चिन्हबाट चुनाव लड्न नपाउने दाबी गरेका छन् । आफ्नो समूह निकट ट्रेड यूनियन महासंघले बिहीबार राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सूर्य चिन्हबाट चुनाव लड्न नपाएर दाहाल–नेपाललाई दशा लागेको बताए । कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका दाहालले पार्टी विभाजनपछि सूर्य चिन्ह दाबी गर्न नमिल्ने ओलीको भनाइ छ । ‘सूर्य चिन्ह बनाउने हामी, सूर्य चिन्ह दर्ता गर्ने हामी, जिन्दगीभर सूर्य चिन्हबाट चुनाव जित्ने हामी ।
एकपल्ट सूर्य चिन्हमा चुनाव नलडेको मान्छेले सूर्य चिन्ह मेरो हो भन्ने रु पार्टी छोडेपछि सूर्य चिन्ह ? पार्टीमा बस्दा त दिएकै थियो नि ओलीले भने, ‘सूर्य चिन्हबाट चुनाव लड्न पाउनुहुन्थ्यो ।दशा लागेपछि के लाग्छ । यही बसेको भए सानदार सफलता हुन्थ्यो । हेर दशा लागेको उहाँहरूलाई अब उहाँहरूले जित्नुहुन्छ चुनाव ? अहिले केही तत्वले मजदुरहरुलाई झुटा सपना देखाएको भन्दै ओलीले त्यस्ता तत्वबाट मुक्त हुन पनि आग्रह गरे । अहिले पनि केही तत्वहरुले केही मजदुर साथीहरुलाई अलमलाएका छन् । झुटा सपना देखिएका छन्, त्यस्ता पक्षहरुबाट मुक्त हुनु होला । समाजवादी हुँ भन्न रुचाउने, मजदुरको नाम लिएर नथाक्ने तर विदेशीको चाकडी गरेर जहिले पनि आन्दोलनलाई गलत दिशामा लिएर जाने,
कमजोर पार्ने तत्वहरु जो हामीबाट अहिले भर्खर गएका छन्, गएकै त होलान् । हामीले त अझै हटाएका छैनौं । उहाँहरु गएँ भन्दै हुनुहुन्छ,’ ओलीले भने । दाहाल–नेपाल समूह गएपछि पार्टीमा उत्साह बढेको ओलीको दाबी छ । नेपालमा सबैभन्दा अनुशासित हाम्रो पार्टी थियो । आज अनुशासनहिन पार्टी भएको छ । किन टनटन दुखिराखेको छ भनेको त्यही पिलो रहेछ, निचोरिएर गयो । उहाँहरु जानु भयो । अहिले पार्टीमा उत्साह छ, आत्मविश्वास छ,’ ओलीले भने, ‘यस्तै चाल हो भने जनताको बिचमा के मुख देखाउन जाने, के भन्न जाने भन्ने समस्या ते तकालाई परेको छ । अहिले हाम्रो पार्टी अनुशासित छ ।
पार्टी शुद्धीकरणको अभियान चलेको छ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासंघ जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए ।
‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन’, उनले भने, ‘आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।’ उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए । अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए ।
सही विचार बोकेको र एकताबद्ध कम्युनिस्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ’, उनले भने, ‘हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।’ सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे । सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए ।
प्रचण्ड र माधवलाई यस्तो दिए यस्तो चुनौती
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आउँदो वैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरूलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिनुभएको हो ।
बाँकी रहेको तीन महिना देशलाई कता लाने भन्ने जीवन मरणको सङ्घर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नम्बर १, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरि छलफल भइरहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्नुभयो । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उहाँले पार्टीको विकृति, विसङ्गति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृत्ति किनारा लागेको बताउनुभयो । पार्टी एक विचार र एक धारणा साथ एकताबद्ध भएर अघि बढेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिइ एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताउनुभयो । अलमलिएकाहरूलाई आफूहरूको बाटोमा समाहित गराउनुपर्ने उहाँको भनाइ छ ।