अरेबियन महिलाहरु किन यती सुन्दर हुन्छन् ? यस्तो छ रहस्य !



अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ । यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै सुन्दर हुन्छ । सुन्दरताको कुरा गर्दा अरबेयिन महिलाहरुको प्रसंग जोड्ने गरिन्छ । हुनपनि बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छ । सवैले स्विकारेका छन् कि, अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ । अरेबियन महिलाहरु ठुला आँखा र आकर्षक हेराइका कारण पनि प्रख्यात छन् । यी महिलाहरु धेरैजसो बुर्का भित्र रहनछन् । तर नकाबमा भित्रबाट देखिएको सुन्दर आँखाले नै उनीहरुको सुन्दरताको बयान गर्छ । अरेबियन महिलाको सुन्दरता प्राकृतिक मात्र नभएर आफ्नो छालाप्रतिको हेरचाह पनि प्रमुख कारण हो ।

बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छ

बुर्का लगाउँदा छालालाई सुर्यको हानिकारक किरण संग-सँगै प्रदूषण र धुलोबाट पनि बचाउँछ । नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज
अरबियन महिलाहरु आफ्नो सुन्दरतालाई यथावत राख्नका लागि स्पेशल स्किन केयर अपनाउँछन् । यसको साथै स्वस्थ्यकर खाना खाने गर्छन् । अरेबियन महिलाहरु आफ्नो सुन्दरताको हेरचाह कसरी गर्छन् त ?

सुर्यको किरणबाट आफ्नो छालालाई बचाउनका लागि अरेबियन महिलाहरु बुर्का लगाउने गर्छन् । बुर्का लगाउँदा छालालाई सुर्यको हानिकारक किरण संग-सँगै प्रदूषण र धुलोबाट पनि बचाउँछ । नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् । प्राचिनकालमा नूरजहाँलाई गुलाब र राजकुमारी डायनालाई एभोकाडो अत्यन्तै मन पथ्र्यो । प्राचिन महारानीहरुको सुन्दरताको रहस्य नै घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग

बुर्का बाहेक आफ्नो छालालाई सुर्यको किरणबाट बचाउनका लागि सनस्क्रिनको प्रयोग गर्छन् । अरबमा सनबाथको पारम्परिक संस्कृति रहि आएको छ । आज पनि अरेबियन महिलाहरु आफ्नो सुन्दरतालाई कायम राख्नका लागि प्राचिनदेखि चलि आएको सनबाथ लिन रुचाउँछन् । नरम र चम्किलो छालाको लागि अरेबियन महिलाहरु विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसको साथै तातो पानीमा शरीरलाई घण्टौं डुबाएर राख्ने गर्छन् ।

प्राचिनकालमा नूरजहाँलाई गुलाब र राजकुमारी डायनालाई एभोकाडो अत्यन्तै मन पथ्र्यो । प्राचिन महारानीहरुको सुन्दरताको रहस्य नै घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग थियो । यहि कुरालाई आज पनि अरेबियन महिलाहरु आत्मासाथ गर्छन् । अरेबियन महिलाहरु सुन्दरताको बिषयमा निकै संवेदनशील हुन्छन् । उनीहरु सौन्दर्य प्रसाधन पनि केवल अग्र्यानिक मात्र प्रयोग गर्छन् । गुलाबजलले छाला बिग्रनबाट बचाउनुको साथै छाला चाउरीनबाट बचाउँछ । गुलाबजललाई जमाएर आईस क्युब बनाएर अनुहार र गर्दनको वरिपरी रगड्नु पर्छ

उनीहरु आँखाको मेकअप गर्न निकै रुचाउँछन् । त्यसैले गाजल यिनीहरुलाई अत्यन्त पि्रय लाग्छ । आँखाको सुन्दरता बढाउनका लागि अरेबियन महिलाहरु घरमा बनेको गाजल लगाउने गर्छन् । अरेबियन महिलाहरु हलावा नामक घरमा बनेका व्याक्सको प्रयोग गर्छन् । यिनीहरुलाई अनावश्यक रौं आएको मन पराउँदैनन् । गुलाबजललाई प्राचिन कालदेखि नै सौन्दर्य प्रसाधनको रुपमा लिइइै आइएको छ । गुलाबजलले नेचुरल एस्टि्रजेन्टको काम गर्छ । त्यसैले मध्यपूर्वी देशहरुमा त यो सबैभन्दा पुरानो सुन्दरताको राज मानिन्छ । गुलाबजलले छाला बिग्रनबाट बचाउनुको साथै छाला चाउरीनबाट बचाउँछ । गुलाबजललाई जमाएर आईस क्युब बनाएर अनुहार र गर्दनको वरिपरी रगड्नु पर्छ ।

धेरै कम महिलाले मात्र कठोर हेल्दी डाइट फलो गर्न सक्छौ । चिल्लो र स्वादिलो खाना देख्नासाथ हामी खान थालिहाल्छौ । तर अरेबियन महिलाहरु हेल्दी डाइट खाने गर्छन् । खानामा फलफूल र सागपात खाने गर्छन् । कपालको सुन्दरतामा बिशेष ध्यान दिने गर्छन् ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार