कमानसिंह लामाको नेतृत्वमा कांग्रेस र राप्रपाका ५ सय भन्दा बढी ओली समूहमा प्रवेश गर्दै



काठमाडौँ । नेपाली कांग्रेस र राप्रपका ५ सय बढी नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मुलधारको नेकपामा प्रवेश गर्ने भएका छन । राप्रपाका नेता एवं नुवाकोट जिल्ला विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाको नेतृत्वमा नेपाली कांग्रेस र राप्रपाका पाँच सय बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गर्न लागेका हुन । लामा भने मंगलबार नै नेकपामा प्रवेश गरेका छन । लामालाइ नेकपाका नेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य विजय लोप्चन र नेकपा नुवाकोटका युवा नेता वीरबल तामाङ लगायतले स्वागत गरेका थिए ।

बुधबार आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला र नेकपा नुवाकोटको जिल्ला भेला मार्फत ती नेता र कार्यकर्ताले नेकपा प्रवेश गर्ने लामाले दैनिकीलाइ जानकारी दिए । गत स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा लामाले नेपाली कांग्रेसलाइ सहयोग गरेका थिए । लामासँगै नेपाली कांग्रेसबाट निर्वाचित केही नेताहरू नेकपा प्रवेश गर्ने पनि उनले जानकारी दिए । लामाको नुवाकोटको तमाङ समूदायमा महत्वपूर्ण प्रभाव रहेको छ ।

कर्मचरीहरुका लागि नयाँ व्यवस्था : यस्तो आयो मन्त्रीस्तरीय निर्णय !
सरकारले पालिकाका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार पालिका समायोजन भएका र ऐनअनुसार पालिकामा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको पालिका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोजन भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत पालिकाबाट गर्ने र पालिकामा स्वीकृत गर्ने कर्मचारी नभएमात्र प्रदेशबाट गर्ने नयाँ व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले पालिकामा भएका कर्मचारीको राजीनामा स्वीकृत र अवकाशपत्रको स्वीकृत कार्यलाई सरलीकृत तथा पहुँचयोग्य बनाउन सम्बन्धित तहबाट नै गर्ने निर्णय गरिएको बताउनुभयो ।उहाँकाअनुसार गाउँपालिकाका पाँचौँ र छैठौँ तहसम्मका कर्मचारीका लागि राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने, गाउँपालिकाकै सातौँ र आठौँ तहसम्म कर्मचारीको सम्बन्धित गाउँपालिकाको राजपत्राङ्कित तृतीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले पेस गरी जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्ने नयाँ व्यवस्था गरिएको छ ।

यस्तै नगरपालिकाको पाँचौँदेखि आठौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्ने र सो नभएसम्म सम्बन्धित जिल्लाको राजपत्राङ्कित द्वितीय श्रेणीको जिल्ला समन्वय अधिकारीले गर्नेछन्। यसैगरी उपमहानगरपालिका र महानगरपालिकाको नवौँ र दशौँ तहसम्मका कर्मचारीको राजीनामा र अवकाशपत्र राजपत्राङ्कित प्रथम श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले गर्नेछन्। पालिकामा तोकिएको दरबन्दीबमोजिमको कर्मचारी कार्यरत नरहेको अवस्थामा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवले राजीनामा स्वीकृत गर्ने वा सङ्घीय मन्त्रालयबाट स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार