प्रधानमन्त्री पशुपति जानुभएछ, तर जति ठूलो बत्ति बालेपनि उहाँको पाप पखालिँदैन : भीम रावल



काठमाडौं । नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन् । ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए । यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप लगाए । ‘अहिले जनतालाई कोरोना विरुद्ध खोप चाहिएको छ । त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०, ६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?,’ रावलको प्रश्न छ ।

प्रधानमन्त्रीले कम्युनिष्टको इतिहासमा रक्तरन्जित कालो धब्बा लगाउने काम गरे : जनार्दन शर्मा
नेकपाका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादलाई अस्वीकार गरेको र समाजवादको बोटेमा हिड्न नचाहेको बताउनु भएको छ । मंगलबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले राष्ट्रिय समृद्धि र स्वाधिनताको रक्षा गर्ने शन्दर्भमा इमान्दार नबनेको समेत आरोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले संसदको रोष्टममा विदेशीहरुलाई अनाश्वयक उत्तेजित खालको चर्का चर्का भाषण गरेर पछाडिको रहस्य आत्म समर्पण गरेर राष्ट्रमाथि ठूलो षड्यन्त्र गरेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेकपाको समिता समाजवादको सपनामाथि घात गर्नुको साथै जनताको अभिमतलाई लत्याएर जनघाती प्रवृति देखाएको बताउनु भयो । प्रधानमन्त्री ओलीले ७१ बर्षको कम्युनिष्ट आन्दोलनलाई ठूलो त्याग र हजारौंका बलिदानबाट समस्टीगत प्राप्त भएको उपलब्धीलाई समाप्त गर्ने उदेश्य राखेको आरोप लगाउनु भयो । नेता शर्माले कम्युनिष्टको उपलब्धी समाप्त पारेर प्रधानमन्त्ती ओलीले संघिय लोकतान्त्रीक प्रणाली खारेजी गर्न चाहेको जिकीर गर्नुभयो । संसद विघटन गर्नुपूर्व प्रधानमन्त्रीले बोलेको स्मरण गराउदै नेता शर्माले ओलीले प्रदेशलाई देशको इकाइ मात्रै भएको र त्यहाँ कुनै प्रशाशकीय अधिकार छैन भनेर भनिएको शब्दप्रति आपत्ति जनाउनु भयो ।

त्यो बेलाको प्रधानमन्त्रीको अभिव्यक्ति नै प्रणलीको बिरुद्ध उत्रिएको पुष्टि गर्ने नेता शर्माको दावी थियो । त्यसपछि प्रधानमन्त्रीले छलपकटका साथ जनताका आशामा कम्युनिष्टको आन्दोलनमा इतिहासमा रक्तरन्जित कालो धब्बा लगाउने काम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँले छलछामपूर्वक, कपटपूर्वक जनताको आशामा कम्युनिष्टको इतिहासमा रक्तरन्जित कालो धब्बा लगाउने काम गर्नुभयो।’ प्रधानमन्त्री ओलीले संविजधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेकोले त्यसको बिरुद्धमा शानतिपूर्ण आन्दोलन गर्नु परेको बताउनु भयो । अब संसद पुनर्थापना गर्नु सबैको दायित्व नेता शर्माको भनाइ थियो ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार