प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा : हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज !



काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन् । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाहरुमाथि अहिले (संवैधानिक इजलास) मा सुनुवाई जारी छ । बहस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भनेर दाबी गरिरहेका छन् ।

मोदीपथमा ओलीः पशुपतिनाथमा के संकल्प ?
यता, प्रधानमन्त्री ओली भने आफू पक्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना नहुने भन्दै चुनावको तयारीमा जुट्न आग्रह गरिराखेका छन् । उनले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने दाबी गरिरहँदा नेकपाको दाहाल–नेपाल पक्षले भने सडकबाटै संसद पूनःस्थापना गरिछाड्ने उद्घोषसहित चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसअघि यो पक्षले दुई चरणका आन्दोलन गरिसकेको छ । ओली पक्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उतार्ने घोषणा गरेको छ ।

‘हृदयन्द्र राजा बन्नसक्ने’ कुरा देखि ओलीको पशुपतिनाथमा ‘संकल्प पूजा’ सम्म
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि देशको राजनीतिमा नाटकीय घटनाहरु विकास हुन थालेका छन् । यही सेरोफेरोमा कतिपयको बोली फेरिएको छ भने कतिपय ठाउँबाट आश्चर्यजनक सम्भावनाका विषयहरु उठ्न थालेका छन् । प्रतिनिधि सभा विघटन अगावै सडकहरुमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउने पक्षमा प्रदर्शनहरु बढ्दै गएका थिए । त्यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेरेका थिए । विघटन पछि भने राजा नै फर्कन सक्नेसम्मको टिप्पणीहरु विदेशीबाट समेत हुन थालेको छ ।

भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् हृदयन्द्रको राजा बन्ने सम्भावना औल्याए । उनले १३ जनवरीमा टेलिग्राफ इन्डियामा सनसनीपूर्ण लेख लेखेर बेबि किङको विगतमा उठेको विषय स्मरण गराउँदै १८ वर्ष पुगेका हृदयन्द्रको सम्भावना औल्याएका हुन् ।

‘हृदयन्द्र राजा बन्ने गरी राजसंस्था फर्कने’ भारतका पूर्व सचिव रमेशको लेखमार्फत् भविष्यवाणी
बेबि नेकपाको पछिल्लो स्थितिपछि चीनले नेपालको घटनाक्रमलाई अध्ययन गरिरहेको हुनसक्ने उनको भनाई छ । बि.स २०६२/६३ मा पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको समेत स्मरण गर्दै उनले आफ्नो लेखमा राजसंस्था पुर्नस्थापना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने समेत बताएका छन् । ‘गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र पारसलाई हृदयन्द्रका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए,’ एस रमेशले माओवादीले बेबि किङको प्रस्ताव अस्वीकार गरेको विषय उल्लेख गर्दै भनेका छन्,‘के यो विगतमा गरिएको यो आग्रहलाई भेट्रान नेताहरुले पुनःयो विषयलाई मान्यता देलान् ?’

विगतमा राजालाई सौहाद्रपूर्ण तरिकाले गद्दी छाड्न लगाउन कँग्रेस आईका भेट्रान नेता करण सिंहलाई भारत सरकारले काठमाडौं पठाएको उल्लेख गर्दै फेरि आउनसक्ने औल्याएका छन् । तर, यसपटक करण सिंह राजा फर्काउने विषयमा कुरा गर्न आउने उनको आशय छ । यता, प्रधानमन्त्री केपी शर्मा ओली नास्तिकबाट आस्तिक भएका छन् । उनले सोमबार पशुपतिनाथमा संकल्प पूजा नै गरेका छन् । संकल्प पूजा विशेष संकल्पका साथ गरिन्छ । कम्युनिस्ट नेताले पशुपतिनाथको दर्शन गर्नुले ठुलो अर्थ राख्छ । देशमा हिन्दुराष्ट्रको मुद्दा उठ्ने सम्भावना औल्याउँदै गर्दा ओलीले पशुपतिनाथमा पुगेर संकल्प पूजा गरेका छन् । यसलाई कतिपयले ओलीको राजनीतिक अस्त्र भनेका छन् ।

यसैगरी, नेपाली काँग्रेसभित्र ओली कि प्रचण्ड कस्को समर्थन गर्ने भन्नेबारे विवाद बढेको छ । काँग्रेस आफ्नो एजेन्डामा स्पष्ट नदेखिएको अवस्थामा ओली र प्रचण्ड मध्ये एकको एजेन्डालाई समर्थन गर्नुपर्ने अवस्थामा छ । देउवाले हेटौंडा पुगेर केही हप्ता अघि स्पष्ट भाषामा काँग्रेसले राजा नल्याउने तर ओलीले ल्याए थाहा छैन भनेका थिए । यो अभिव्यक्तिले निकै अर्थ राख्छ ।

नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग
प्रधानमन्त्री ओली हिजो विहान एक्कासी ‘पशुपतिनाथ मन्दिर’ को दर्शनमा गए । उनको पशुपति मन्दिरको दर्शन र संकल्प पूजाले देशको राजनीति नै तरंगित बनेको छ । कतिपयले ओलीले एकाएक आफूलाई हिन्दूराष्ट्र पक्षधरको लाईनको नेतृत्वको कित्तामा उभ्याएको भनेर चित्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य एजेण्डा नै–हिन्दूराष्ट्र पूनःस्थापना भनेर दाबी गरेका छन् । त्यस्तै, ओलीको चुनावी अर्को एजेण्डा भनेको संघीयता खारेजी हो । संघीयताप्रति नेपाली जनता बेखुश देखिएका छन् । बारम्बार संघीयता खारेजीको माग उठिरहेको अवस्थामा ओलीले पनि अबको चुनावी एजेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ । FILE PHOTO/ReportersNepal

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार