ओली अध्यक्ष र पौडेल महासचिव रहेको नेकपा नै आधिकारिकः प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अाधारिक नेतृत्व र आयोगले चिन्ने भनेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल भएको बताउनुभएको छ । राजधानी दैनिकलाइ दिएको अन्तरवार्तामा थपलियाले भन्नुभएको छ ‘नेकपाको विधान हेर्दा आयोगले अध्यक्षका रूपमा ओली र दाहाललाई मात्रै चिन्छ, अरूलाई चिन्दैन । ओलीलाई हटाउन अपनाइएका प्रक्रिया पार्टीको विधि र कानुनअनुसार देखिएन त्यसैले आयोगमा नेकपा जतिखेर दर्ता भयो, त्यतिखेर कायम रहेका अध्यक्ष ओली र दाहाल तथा महासचिव पौडेल रहेको नेकपा नै आधिकारिक हो ।’

थपलियाले अघि भनेका छन ‘नेकपाको विधान हेर्दा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने मुख्य प्रावधान छ । सो प्रावधानअनुसार कसैले पनि निर्णय गरेको देखिएन त्यसैले यो प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुन्छन् । आयोगमा पनि त्यसैगरी अवैध निर्णयहरू पेस गरिएकाले त्यस्ता अवैध निर्णयसहितका निवेदनलाई खारेज गरेका हौं ।’

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार