‘सिपी मैनाली सवार कार दुर्घटना नियोजित’



काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् । उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।

झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् ।

प्रेस–वक्तव्य

आज मिती २०७६ फागुन १५ गते हाम्रो पार्टी नेकपा (माले) का श्रद्धेय महासचिव कमरेड सीपी मैनाली सडक दुर्घटनामा परी गम्भीर रुपमा घाईते हुनुु भएको कुरा हामी अत्यन्त दुःखका साथ सूचित गर्दछौं । झापामा एउटा पारिवारिक कार्यक्रमबाट राजधानी फर्कने क्रममा महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक विपरित दिशाबाट आएको गाडीले महासचिव सवार कारलाई गलत कोणबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ । हामी सरकारसंग उक्त दुर्घटनाको तथ्य तथा त्यस अन्तरनिहित दुर्नीयत योजनाको समेत छानबीन गरी सत्यतथ्य जनता समक्ष ल्याउन र कुनीयतजन्य योजनाकार र दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न जोडदार माग गर्दछौं ।

हामी उक्त दुर्घटनामा परी गम्भीर घाईते हुनुभएका महासचिव कमरेड, वहाँका छोराबुहारी पुजा मैनाली, ५ बर्षीय नाती ईएन मैनाली तथा कारचालक रामप्रससाद पौैडेललको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

२०७६ फागुन, १५ गते, काठमाण्डौ ।
कुमार बेलबासे
प्रवक्ता
नेकपा (माले)

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार