कोरिया उड्न ठिक्क परेका कामदारलाई कोरोनाले रोक्यो



गत हप्तासम्म निर्बाध रुपमा कामदार कोरिया गइरहेका थिए । तर अहिले कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गएपछि तत्कालका लागि त्यहााको रोजगारीमा पठाउने प्रक्रिया स्थगित गर्ने तयारी भएको हो । आउँदो आइतबार कोरिया उड्न ठिक्क परेका कामदार समेत अब जान नपाउने भएका छन् ।प्रतीक्षा सूचीमा रहेका कामदारलाई रोजगारदाताले पठाउन अनुमति दिए पनि जोखिम हुने भन्दै प्रक्रिया रोक्न प्रधानमन्त्रीको कार्यालय तथा अन्य मन्त्रालयले श्रम मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी तवरमा १२ वर्षअघि नेपाली कामदार कोरिया जान थालेका हुन् ।

३ वर्षअघि भाषा परीक्षा पास गरेका कामदार समेत प्रतीक्षासूचीमा छन् । उता कोरियामा रहेका नेपालीले हिाडडुल गर्न नपाएको र कोठाभित्रै बस्नु परेको भन्दै दूतावासमा गुनासो गरिरहेका छन् । कोरिया सरकारले संक्रमण नियन्त्रणका लागि प्रभावकारी तवरले काम गरिरहेको हुादा संयमित हुन कोरियास्थित नेपाली दूतावासले त्यहााका नेपालीलाई आग्रह गर्दै आएको छ । आत्तिहाल्नु पर्ने अवस्था नरहेको कोरियास्थित दूतावासको भनाइ छ । केही देशले संक्रमित देशका नागरिकलाई प्रवेशाज्ञा निषेध गरे पनि नेपाल सरकारले भने सहज आवत जावत गर्न दिइरहेको छ । चीन, कोरिया लगायत कोरोनाबाट अति प्रभावित मुलुकसागको आवागमनमा कडाइ नगर्ने हो भने थेग्नै नसकिने समस्या पनि आइलाग्न सक्छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार