ओलीका नयाँ केन्द्रीय सदस्यले मान्यता पाएनन्



काठमाडौं, नेकपा (बहुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट नि’स्कासन गरेको छ भने निर्वाचन आयोगले बिभाजित नेकपाका दुबै खेमालाई अलग अलग मान्यता नदिँदा बालुवाटारबाट थपिएका पौने एघार सय केन्द्रीय सदस्यको बै’धता सं’कटमा परेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि’घटन गरेपछि नेकपा विभाजन भएको थियो ।

ओलीको कदम मुलुक र पार्टीको हितविपरित भन्दै पुस ६ गते बसेको बहुमत (प्रचण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट ह’टाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको छ । त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट ह’टाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने यथावत राखेको थियो ।अध्यक्षबाट ह’टाएपनि ओलीले पार्टी र मुलुकको हितविपरितका गतिविधि नरोकेको भन्दै नेकपाले उनलाई तीन दिनको समयावधि तो’केर स्पष्टिकरण सोधेको थियो। तर,ओलीले स्पष्टिकरणको जवाफ नदिएपछि आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्षबाट ह’टाएपछि पनि ओलीले राष्ट्र, जनता, संविधान र पार्टीका वि’रुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानबमोजिम उनलाई स्पस्टिकरण सोधिएको तर त्यसको जवाफ नआएपछि पार्टी सदस्यबाट हटाउने निर्णय गरिएको हो ।बैठकले पार्टीको कार्यालय सचिवमा गगंलाल तुलाधर र उपसचिवमा माेहन गाैतमलाई नियुक्त गरेको छ । त्यस्तै केही दिनमै पार्टीका विभिन्न सां’गठनिक संरचनाहरुमा पदपूर्ति गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठकले माघ ९ गते काठमाडौँमा सम्पन्न जनसभा भव्य रुपमा सफल भएको निष्कर्ष निकाल्दै अर्को चरणकाे आ’न्दोलनका कार्यक्रम भोलि बस्ने बैठकले सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। जन आस्था

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार