
काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका छुट्टा–छुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आज (आइतबार) बसेको बैठकले दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका दाबी नपुगेको निश्कर्ष निकालेको हो । आयोगको आजको बैठकले दुवै पक्षले आफू खुशी गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको बताइएको छ । दुबै पक्षले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको बताइएको छ । ओली पक्षले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो, भने दाहाल–नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार