कसरि हेर्ने अंक सहितको शिक्षक लाइसेन्सकाे नतिजा यस्तो छ तरिका !



काठमाडौँ । शिक्षक सेवा आयोगको गत असोज महिनामा लिएको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को नतिजा प्रकाशन कार्य सुरु भएको छ । आयोगले यसपालीदेखि शिक्षक अनुमतिपत्र शिक्षक लाइसेन्सको परीक्षामा प्राप्त गरेकोे कुल अङ्कको जानकारी लिन सकिने भएको हो ।

आयोगका अनुसार उम्मेदवारले कुल अङ्क हेर्नको लागि मोबाइलको म्यासेज बक्समा गई TSC टाइप गरी एक स्पेश दिई प्रवेशपत्रमा रहेको Tsc applicationId number टाइप गरी ३१००७ नम्बरमा SMS पठाइ जानकारी लिन सकिनेछ । बिहीबार आज ५ बजेपछि यो सेवा उपलब्ध हुने जनाइएको छ । जस्तै :TSC0011237105 Id ले Tsc(onespace)0011237105 type गर्ने र ३१००७ मा पठाउने ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार