
रोल्पा, १० माघ । पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ७० बर्षको इतिहासमा कम्युनिस्ट पार्टीले पाएको ५ बर्षको जनादेश प्रधानमन्त्री केपी शर्मा ओलिले भंग गरेको बताउँनु भएको छ। शनिबार आफ्नै गृह जिल्ला रोल्पामा आयोजित नेकपा प्रचण्ड माधव पक्षको बिरोध भेलालाई सम्बोधन गर्दै पुनले प्रधानमन्त्री ओलीले ५ बर्षको जनादेशलाई लत्याएको आरोप लगाउनु भयो। उहाँले प्रतिनिधिसभा विघटन गरेर कम्युनिष्टको परिभाषामा समेत आघात पुर्याएको बताउनु भएको छ । पाँच बर्षसम्म केपी शर्मा ओलीलाई मुलुकको नेतृत्व गर्न दिदा समेत आफ्ना गुटका केहि नेताका स्वार्थका कारण संविधानमै नभएको अधिकार प्रयोग गरेर तानाशाही प्रवृत्ती देखाउन खोजेको आरोप लगाउनु भयो।
संविधान अनुसार प्रधानमन्त्रीले विविध कारणले मुलुकको नेतृत्व गर्न नसकेको खण्डमा पार्टी भित्रबाटै अर्को नेता प्रधानमन्त्री हुने प्रवधान रहेतापनि प्रधानमन्त्री ओलीले आफू बस्न नसक्ने अवस्थामा पुगेपछि कुर्सी नै भाच्ने खेल खेलेको आरोप लगाउनु भयो। प्रधानमन्त्री ओलीले सबैभन्दा पहिले आफ्नो कमजोरी खोजेर असंवैधानिक गतिविधिलाई सच्याउनु पर्ने उहाँको भनाइ थियो ।