
काठमाडौ | महाेत्तरीकाे बर्दिवास नगरपालिका -३ मा कार दुर्घटनामा परि घाइते हुनुभएको नेकपा मालेका महासचिव सिपी मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनामा परि गम्भीर घाइते मैनालीलाई उपचारका लागि काठमाडौं स्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल ल्याइएको हाे । पाँच जना सवार कारलाइ विपरीत दिशाबाट आएको पिकअप भ्यानले ठक्कर दिँदा मैनाली र उनकी बुहारी गम्भीर घाइते हुनुभएको थियो भने अरु सामान्य घाइते भएका थिए ।
प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार