सन् २०२१ मा कोरियाली भाषा परिक्षा तीन पटक सञ्चालन गरिने



सोल – गैर आवासीय नागरिकका लागि सञ्चालन गरिदै आएको कोरियाली भाषा परिक्षा यस बर्ष कोरिया बाहिर मात्र तीन पटक सञ्चालन गरिने भएको छ । कोरीयाली भाषा बोल्ने गैर आवसीय नागरिकका लागि उक्त योजना ल्याइएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । पछिल्लो सुचना अनुसार उक्त भाषा परिक्षाहरु अप्रिल १०-११, जुलाई ११ तथा अक्टोबर १६-१७ मा सञ्चालन गरिने छन् । परिक्षाका लागि रजिष्ट्रेशन मिति समेत तोकिइएको छ । सुचना अनुसार उल्लिखित परिक्षहरुका लागि क्रमश जनावरी २९ बाट फेब्रुअरी ३, मे २१-२७ तथा अगष्ट ३-९ सम्म परिक्षाका लागि रजिष्ट्रेशन गर्न सकिने छ।

भाषा पिक्षा सञ्चालन गर्ने इपिएस टपिकका अनुसार इच्छुक ब्यक्तिहरुले नजिकैको कोरियन भाषा प्रशिक्षण केन्द्रबाट उक्त फारम भर्न सक्ने छन् । परिक्षाका लागि भने ८७ देशका ३११ परिक्षा केन्द्रहरु तोकिएको छ । अधिकारीहरुका अनुसार उक्त परिक्षाको नतिजा पश्चात पास भएमा प्रमाण पत्रलाई दक्षिण कोरियामा अध्ययन गर्न तथा रोजगारीका निम्ति समेत प्रयोग गर्न सकिने टपिकले जनाएको छ । विस्तृत जानकारीका लागि www.topik.go.kr मा लग इन गरेर हेर्न समेत विभागले भनेको छ ।

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार