साइबर स्यालहरूको नेता ओली : घनश्याम भुषाल



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य घनश्याम भुषालले साइबर सेना भनिने साइबर स्याल मात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बताएका छन् । शुक्रबार (आज) संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले साइबर स्याल मात्रै ओलीसँग भएको बताएका हुन् । ओली साइबर स्यालहरूको नेता भएको उनले जिकिर गरेका छन् ।

ओलीले सबैभन्दा ठूलो संसद भए पनि त्यसलाई निजी सचिवालय बनाएको बताउन्दै अब ओली निरीह भइसकेको उनले दाबी गरे । त्यस्तै, ओलीले सात ठाउँमा दुई तिहाइ मारेको उनको दाबी छ । उनले भने, ‘कसैले चुनावको अपेक्षा गरेको भए पनि ओलीले गर्ने भनेको चुनाव हुनेवाला छैन ।’

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार