नेकपाकै नेतृ भन्छिन्– संघीयता खारेज गर्ने र भ्रष्टहरुलाई कालकोठरीमा सडाउने आँट गर्नुस् प्रधानमन्त्री ज्यु



काठमाडौं । नेकपाकै एक नेतृले प्रधानमन्त्री केपी ओलीलाई संघीयता खारेज गर्न सल्लाह दिएकी छन् । नेकपा नेतृ एवं विघटित संसदकी एक सदस्य निरुदेवी पालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै संघीयता खारेज गरेर भ्रष्टहरुलाई जेलमा सडाउन सके ओली नेपालीहरुको मनमस्तिस्कमा सधैं बस्ने बताएकी छन् । उनले भनेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् । संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको, मन्त्रिमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस । नेपाली जनताको मनमस्तिस्कमा सधै बस्नुहुनेछ । मेरो ब्यक्तिगत बिचार ।

सम्माननिय प्रधानमन्त्री ज्यु अाट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद काे सिट…

Posted by Niru Pal on Thursday, December 31, 2020

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार