गौतमलाई ओलीले दिए यस्तो अफर, यी १५ सय नेता सहित जाने भए ओली समुहमा !



काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्रीले प्रदीपकुमार ज्ञवालीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको खुलासा गरेका छन । उनले खुमलटारमा प्रचण्सँग प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी बाटो खोल्न प्रस्ताव गरेको बताएका हुन्। उनले भने हामी त दोहोर्‍याएर प्रधानमन्त्री भयौँ उहाँ गौतम लाई पनि प्रधानमन्त्री हुने बाटो खोलौँ न भन्नु भयो’, उनले भने, ‘उक्त छलफलमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुहुन्थ्यो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्रीले प्रदीपकुमार ज्ञवालीले केही नेताको कहिल्यै पूरा नहुने चाहनाका कारण पार्टीमा समस्या आएको बताएका छन्। आइतबार अनेरास्वियू केन्द्रीय समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा नेता ज्ञवालीले यस्तो बताएका हुन्। ‘हाम्रा केही नेताको हाम्रा कहिल्यै पूर्ति नहुने पदीय आकांक्षा आजको मुख्य समस्या हो’, उनले भने। उनले प्रचण्ड–नेपालतर्फ संकेट गर्दै विधि र प्रक्रियाभन्दा बाहिरबाट प्रधानमन्त्री र अध्यक्ष हुन खोजेको बताए। उनले प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशन गरौँ भनेर प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरेको बताए।

मन्त्री ज्ञवालीले पुस ४ गते प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमै पुगेर एकताको विशेष महाविेशन गर्न प्रस्ताव गरेको बताए। ‘प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको निवासमै पुगेर विशेष महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको थियो’, उनले भने, ‘उहाँहरु महाधिवेशन पनि स्वीकार गर्नुहुन्न, नेतृत्वको लालसा पनि छाड्नु हुन्न।

गौतम ढल्किए ओली समूहमा
नेकपाको विवादमा तठस्थ रहदै आएका पार्टी उपाध्यक्ष समेत रहेका बामदेव गौतम ओली समुहमा ढल्किने संकेत देखाएका छन। गौतम निकट श्रोतका अनुसार गौतमले आफुले पार्टी एकताका लागी छुट्टै कित्ता निर्माण गरिरहेको बुझिएको छ। तर प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्रीको अफर दिएरै भए पनि आफ्नो समूहमा ल्याउने गरि गृहकार्य भैरहेको बताईएको छ । यसको अन्तिम टुंगो लाग्न भने अझै केहि दिन लाग्न सक्ने श्रोतको दाबि छ।

संसद पुनस्स्थापनाका सम्बन्धमा यस्तो भन्छन ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुनस्स्थापना नहुने दाबी गरेका छन् । आफूपक्षीय अनेरास्ववियुको भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनस्स्थापनाको सम्भावना नरहेको बताएका हुन् । अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ, प्रधानमन्त्री ओलीले भने, ुसंसद् पुनस्स्थापना हुँदैन ।

केही शक्तिहरूले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे । मैले हिजो एउटा कार्यक्रममा बोल्दा पनि भनेको थिएँ, २०२१ मा नेपालको लोकतान्त्रिक आन्दोलनमा, वामपन्थी आन्दोलनमा एउटा महान सफलता, अग्रमनको वर्ष हुनेछ । २०७८ को वैशाखमा नयाँ निर्वाचन हुनेछ । कतिपय शक्तिहरूले भ्रम फैलाउन खोजेका छन्, चुनाव हुन्न भनेर । चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टार्न, पर सार्न र अल्मल्याउन कसैले सक्नेछैन । चुनाव तोकिएकै समयमा हुन्छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार