सीता दाहालको उपचारका लागि अध्यक्ष ‘प्रचण्ड’ भोलि भारत जाँदै !



काठमाडौं, १९ पुष | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जानुहुने भएको छ । केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना हुनुभएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको आइतबार जानकारी दिइएको छ । आइतबार बसेको प्रचण्ड-नेपाल समुहको बैठकमा प्रचण्डले सोमबार भारत जानुपर्ने भएकाले आफू सोमबारको स्थायी कमिटी बैठकमा उपस्थित हुन नपाउने जानकारी गराउनु भएको थियो ।सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहनु भएको छ । उहाँको अहिले ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । सीता दाहाललालई यसअघि पनि भारत, सिंगापुर र अमेरिका उपचारका लागि लगिएको थियो ।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार