ओलीलाई पार्टी अध्यक्षबाट हटाएको दाहाल–नेपाल समूहको घोषणा



काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधबकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई केन्द्रीय अध्यक्षबाट हटाएको घोषणा गरेको छ । मंगलबार (आज) बबरमहलस्थित कार्की बाङ्क्वेटमा जारी बैठकमा ओलीलाई केन्द्रीय अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो । बैठकमा नेता भीम रावलले केन्द्रीय अध्यक्षबाट ओलीलाई हटाउने प्रस्ताव राख्नु भएको थियो ।

प्रस्तावमा ओलीलाई राष्ट्रको हित विपरीत काम गरेको, पार्टीको हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टीको निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको लगायतका आरोप लगाइएको छ । बबरमहलको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेका बताइएको छ । त्यसोत, मंगलबार (आज) विहान बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार