पिकअपले ठक्कर दिँदा नेकपा मालेका महासचिव सिपी मैनाली गम्भीर घाइते !



बर्दिवास, १५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवास नजिक रातु खाेला भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भिर घाईते हुनुभएको छ । झापाबाट काठमाडौं तर्फ आउँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । घाईतेहरुको बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भैरहेको छ । मैनालीलाई टाउको र खुट्टामा गम्भीर चाेट लागेको छ । घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार