प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठन गर्दै, को को बन्दैछन् मन्त्री ?



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मन्त्रिमण्डल पुर्नगठन र विस्तार गर्नुहुने भएकाे छ । सात जना मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिमण्डल पुर्नगठन र विस्तारकाे प्रयास थालिएकाे हाे । प्रतिनिधि सभा नरहेकाे अवस्थामा साेही सभाका पूर्व सांसद्हरूमध्येबाट प्रधानमन्त्रीले मन्त्री बनाउन लाग्नुभएकाे हाे । प्रधानमन्त्री निकट एक स्राेतले भन्याे – ‘विघटित प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा बाहिरबाट अब मन्त्रीहरू ल्याइनेछ ।’ संविधान अनुसार संघीय संसद्काे सदस्य नरहेकालाई मन्त्री बनाउन सकिँदैन । तर बनाएकाे अवस्थामा उनीहरूले ६ महिनाभित्र संघीय संसद्काे सदस्यता प्राप्त गरिसक्नुपर्नेछ ।

प्रधानमन्त्रीले वैशाख १७ र २७ गतेका लागि चुनाव प्रस्ताव गर्नुभएकाे छ । त्यसकारण अहिले जसलाई मन्त्री बनाएपनि उनीहरूले वैशाखभित्र सदस्यता प्राप्त गर्न सक्नुपर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिनुभएकाे हाे । सातै जना मन्त्री प्रचण्ड-माधव पक्षका हुनुहुन्छ ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार