प्रधानमन्त्री ओलीलाई कारवाही गरेको निर्णयको जानकारी पुग्यो निर्वाचन आयोगमा



काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले अनुशासनको कारवाही गरेको निर्वाचन आयोगलाई जनाकारी दिएको छ । नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीलाई कारवाही गर्ने आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।

साेही निर्णयकाे पत्र लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीलाई अनुशासनको कार्वाही गर्ने निर्णय भएको जानकारी दिनु भयाे । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसहित बहुमत नेताहहरुको उपस्थितीमा स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली सहित उहाँ पक्षका कुने नेताहरुको उपस्थिती थिएन ।

४५ सदस्यीय स्थायी कमिटीमा १३ नेताहरु मात्रै ओली पक्षमा रहेका छन् । आइतबार निर्णय भएको पत्रलाई मंगलबार भोलि बस्ने केन्द्रीय कमिटीमा प्रस्ताका रुपमा लैजाने प्रचण्ड-नेपाल पक्षको भनाइ छ ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार