सुनको मूल्य २ सयले बढ्यो



काठमाडौँ, १५ फागुन । सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो । हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार