भोलिसम्म किसानको खातामा रकम जम्मा नभए पर्सीदेखि उद्योगीहरुलाई पक्राउ गछौँ : मन्त्री भट्ट



काठमाडौं, ३ पुस । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले भोलि शनिबारसम्म उखु किसानको खातामा रकम जम्मा नगरिदिए आइतबार देखि उद्योगीहरुलाई पक्राउ गर्ने बताउनु भएको छ । शुक्रबार उखु किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको स्थानमा पुगेर भोलि खातामा रकम जम्मा नभएको अवस्थामा पक्राउ गर्ने बताउनु भएको हो । उहाँले उखु किसानको लागि नै भएपनि शनिबार भोलि बाणिज्य बैंकहरु खुला गरिने बताउनु भयो । यसअघि नै गृह मन्त्रालयमा आयोजित सुरक्षा परिषदको बैठकले उखु किसानको बाँकी रकम भुक्तानी नगर्ने उद्योगीहरुलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

उखु कृषकहरुको आन्दोलनलाई विभिन्न पार्टीका नेताहरुले पनि समर्थन गरेका छन् । ४ बर्ष अघिको उखुको रकम नपाएका उखु कृषकहरु केहिदिन अघिबाट आन्दोलनमा छन् उनहिरुले गत बर्ष पनि आन्दोलन गरेका थिए । तर उनीहरुले अझै परा रकम भुक्तानी पाएका छैनन् । उनीहरु बाँकी भुक्तानीको बिल सहित आन्दोलनमा उत्रिरहेका छन् ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार