गूगलमा समस्या, यूट्युव पनि ठप्प



काठमाडौं, २९ मंसिर । गूगलमा समस्या देखिएको छ । सोमबार बेलुका पौने ६ बजेबाट गूगलमा समस्या देखिएको हो । गूगलका कुनै पनि फिचर्सहरु चलिरहेका छैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन । बिगत केहि दिनबाटै बेला बेला गूगलमा समस्या आइरहेको छ । जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेकाे छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार