ललितपुरमा कांग्रेसको प्रदर्शन : प्रधानमन्त्रीको राजीनामा माग, भन्याे- ‘जनताले चिन्याे ओली सरकार’



ललितपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) ललितपुरमा सरकारविरुद्ध नेता कार्यकर्तालाई सडकमा उतारेकाे छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो । विरोध र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । जुलुस लगनखेलबाट सुरु भई जावलाखेल पुगेर विरोध सभामा परिणत भएको थियो ।

कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका पुग्नुभएकाे छभने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा सम्बोधन गर्दै हुनुहुन्छ । विरोध प्रदर्शनका लागि उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा पुग्नुभएकाे छ । यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुग्नुभएकाे छ ।


प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार