
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ व्यवसायमा सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ। बैंकले बुधबार ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने सम्झौता गरेको हो। बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन्।
कार्यक्रममा सहभागी हुनको लागि माघ महिनाभर ‘स्टार्टअप आइडिया कल’को वेबसाइटमार्फत् आवेदन दिन सकिने छ । उत्कृष्ट सोच पठाउनेलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम दिएर राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी गर्ने छ।
प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार