काठमाडौं, २५ मंसिर । जनता समाजवादी नेपालका नेता तथा पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चाहने शक्तिहरूलाई पाँच सुझाव दिनुभएकाे छ । उहाँले गणतन्त्र, संघीयता, धरनिरपेक्षतालाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई ट्वीटमार्फत सुझाव दिनुभएकाे हाे । अहिले सडकमा हिन्दु राज्य, राजसंस्थाको पक्षमा नारा-जुलुश गर्नेतर्फ उहाँको सुझाव केन्द्रित छ । उहाँले पहिलो सुझावमा भन्नुभएकाे छ, ‘विज्ञान, प्रविधि, विदेशी भाषा नपढ, गुरुकुल मात्र जाउ।’
उहाँले दोस्रो सुझावमा अस्पताल नजान र धामीझाँक्री लगाउन भन्नुभएको छ । यस्तै, भट्टराईले गाडी नचढ, पैदल हिँड, विदेशी, मेसिनले सिलाएका लुगा नलगाउ, लगौंटी लगाएर हिँड भन्नुभएकाे छ । भट्टराईले फोन इन्टरनेट, टिभी प्रयोग नगर, नत्र बकवास नगर भन्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ-
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड;४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!
— Baburam Bhattarai (@brb1954) December 9, 2020
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:
१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ
२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ
३.गाडी नचढ,पैदल मात्र हिंड
४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड
५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!