
ताप्लेजुङ । जिल्लाका स्थानीय तहले शिक्षक दरबन्दी मिलानको कार्य धमाधम गरिरहेको छन् । दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका नौमध्ये ६ स्थानीय तहले शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका हुन् । जिल्लाको पाथीभरा, याङ्वरक, फक्ताङ्लुङ, आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको काम गरिसकेका छन् ।फुङ्लिङ नगरपालिकासहित तीनवटा स्थानीय तहले हालसम्म दरबन्दी मिलानको कार्य पूरा गर्न नसकेको शिक्षण विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार दरबन्दी मिलानको कार्य पूरा नगर्नेमा फुङ्लिङ नगरपालिकापछि सिलिङ्वा र आठराई त्रिवेणी गाउँपालिका रहेका छन् ।
फुङ्लिङ नगरपालिकाबाट करिब ३० जना शिक्षक बाहिर जानुपर्ने भएकाले समायोजन प्रक्रियामा अप्ठ्यारो अवस्था आएको हो । नगरपालिका बाहेक अन्य गाउँपालिका भने पालिकाभित्रै एक विद्यालयबाट अर्को विद्यालयमा मिलान गर्न सकिने अवस्था रहेको गोरखापत्रमा प्रकाशित छ ।