शिक्षक र कर्मचारीलाई निःशुल्क भिसा दिने मन्त्रिपरिषद्को निर्णय !



काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास जोडबलमा सरकारले काठमाडौंको रविभवनस्थित लिंकन स्कुलमा कार्यरत विदशी शिक्षक र कर्मचारीलाई निःशुल्क भिसा सुविधा दिएको छ ।
मन्त्रिपरिषद्ले बिहीबार ६० जना विदेशीलाई एक वर्षका लागि निःशुल्क भिसा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालय हुँदै सोमबार बेलुकानै अध्यागमन विभागमा पुगेको छ ।

विभागले शुल्क लिएर मात्रै लिंकनका शिक्षक, कर्मचारी र उनीहरुका परिवारलाई भिसा नवीकरण गर्ने अडान लिएपछि गृह, अर्थ, परराष्ट्र र शिक्षा मन्त्रालयमा समेत यस विषयमा छलफल भएको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार