रमेश प्रसाईको नन्दासँग बिहे हुने भएपछी कल्पनाले यसो भनिन,बिगत सम्झेर भइन भाबुक…(भिडियो)



काठमाडौ । कल्पना दाहाल र रमेश प्रसाईको दोहोरी नेपाली इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इन्द्रेणी युबट्युव च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेपनि सर्वाधिक कमेण्ट र हेरिएको भिडियोमा रेकर्डपनि कायम हुँदैछ । त्यही गीतबाट कल्पना दाहालको उचाई एकदमै उचाईमा पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । केहि दिन अघि रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका थिए । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई थियो ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका थिए । उनिहरुले हुक्का चिलिमले भन्ने दोहोरी गाएर सबको मन जितेका थिए ।कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लजाइन। हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेशले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी थिइन् । तर अब यी सबै शुभकामना र दर्शक श्रोताले भनेको जस्तो नहुने पक्का नै भएको छ । चर्चामा रहेका रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।
रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवाह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ । कल्पना दाहालसंग गरिएको कुराकानीको भिडियो हेर्नुहोस

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार