काठमाडौं । दश वामपन्थी दलहरुले एमसीसी र कालापानी भूभागलाई भारतीय नक्सामा सामेल गरेको विषयलाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन् । मंगलबार बसेको दश वामपन्थी दलहरुको संयुक्त बैठकले संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ । संघर्षका कार्यक्रम अन्तर्गत फागुन १५ गते अन्तरक्रिया कार्यक्रम, १६ गते दबाबमुलक कार्यक्रम र २२ गते दिउँसो १२ बजे माइतीघर मण्डलाबाट संसद भवनसम्म विरोध जुलुस निकाल्ने निर्णय भएको दश दलद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ ।
संयुक्त बैठकमा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समिति, नेकपा (माओवादी केन्द्र), जन समाजावादी पार्टी, राष्ट्रिय जागरण परिषद र नेकपा संयुक्तको सहभागिगता रहेको थियो ।
प्रकाशित मिति : २०७६ फाल्गुन १४ गते बुधवार