ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज काराेबार !



काठमाडौं । सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार