मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का, को हुन् दुलाहा ?



काठमाडाैं, १८ मंसिर । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । उनीहरूकाे निमन्त्रणा पत्र समेत सार्वजनिक भइसकेकाे छ । विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने छ ।

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने बताइएकाे छ । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो । तर श्वेताले भने आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै आएकी थिइन् । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार