
काठमाडौं | शिक्षक सेवा आयाेगले गत असाेज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परिक्षाकाे नतिजा यहि साता सार्वजनिक गरेको छ । फागुन पहिलो सातामै माध्यमिक तहकाे नतिजा सार्वजनिक गर्ने गरि काम गरिए पनि प्राविधिक कठिनाइले केही ढिलो हुनपुगेको हाे । आयाेगले तिनै तहको उत्तरपुस्तिका परिक्षणकाे काम सकिसकेकाे छ ।
आयाेगले मावि , निमावि र प्रावि तहको नतिजा क्रमशः प्रकाशित गर्ने तयारी गरेको छ । गत असाेज ११,१२ र १३ गते आयाेगले लाइसेन्स परीक्षा लिएको थियो । लाइसेन्स परिक्षाकाे नतिजा सार्वजनिक भए सँगै शिक्षक सेवा आयाेग खुलाउने गरि आयाेगले तयारी गरिरहेकाे छ । रिक्त दरबन्दी परिपूर्तिका लागि आयाेगले पाठ्यक्रम समेत सार्वजनिक गरिसकेको छ । मंगलबार मावि तहको सात विषयको नतिजा सार्वजनिक भएको छ ।
अध्यापन अनुमतिपत्र माध्यमिक तह ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सिभिल इन्जिनियरिङ विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको पशु विज्ञान विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको बाली विज्ञान विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कानून विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर ईन्जिनियरिङ विषयको नतिजा
अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर विज्ञानको विषयको नतिजा