
बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका छन् । नेपाली काङ्ग्रेस निकट विद्यार्थी र युवा संगठनले लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए ।
नेकपाको आन्तरिक कलह र प्रदेश राजधानी तोकिएपछि गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्। २ दिनसम्म रुपन्देहीमा रहने पौडेल रुपन्देहीका विविध कार्यक्रममा सहभागी हुनुहुँदैा छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार