उपत्यकामा लकडाउनको सम्भावना नरहेको सीसीएमसीको निष्कर्ष !

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने


काठमाडौं, ९ मंसिर । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनालाई मध्यनजर गर्दै रोकिएका अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने निर्णय गर्दै मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो । अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय बैठकले गरेको छ ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो । बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना भने नभएको सीसीएमसीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार