मानवअधिकार वर्ष पुस्तक २०२० सार्वजनिक !



अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० काे विमोचन गरिएको छ । ललितपुरमा एक कार्यक्रमका बिच इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुुक्त एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले सो पुस्तकको २८ औँ अङ्क विमोचन गर्नुभएको हाे । सन् १९९२ देखि हरेक वर्ष इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनालाई समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

विमोचन कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भइ उनीहरुको सम्मानित जीवन यापनमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नु पर्ने खाँचो औँल्याउनुभएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार