
हिजो आज मात्र म २०३७ साल बैशाखदेखि २०३९ साल कार्तिक -सम्म नेकपा (माले) भित्र चलेको संघर्षको यथार्थ चित्रलाई छर्लङ्ग पढ्न थालेको छु। त्यस बेेला पार्टी नेतृत्वको बिरोध गर्न जेजे निहुँ अघि सारिएका भए पनि,आज छर्लङ्ग भएको छ, वास्तविक कारण चाँहि मैले पक्षपोषण गरेका निम्न नीतिहरु रहेछन् :
(१)जनमत संग्रह-मतदानको बहिष्कार गर्ने हाेइन, बहुदलको निम्ति सकृय राजनीतिक अभियान चलाउँदै त्यसकै पक्षमा मतदान गर्ने नीति,
(२)त्यसबेला आम्नेसाम्नेको संघर्ष राजाको सत्ता विरुद्ध चलिरहे -को भए पनि नेपाली जनताको मूल अन्तरबिरोध राजतन्त्र र बिदेशीशक्ति दुबैसँग विकसित हुन थालेकोछ भनी केकको सातौं बैठक(२०३७ असोज) मा महासचिवबाट प्रस्तुत नीति। यसको सहीपन २०४६ सालको पुषतिर इण्डियाको र´अले राजतन्त्र बिरुद्ध गरिने सशस्त्र संघर्षलाई राजनैतिक-भौतिक सहयोग गर्छौं भनी `माले´ समक्ष पठाएको प्रस्तावबाट पुष्टि भएको छ।
(३) जनमत संग्रहबाट “सुधारिएको पंचायती ब्यवस्था” लाई जिताइए पछि त्यसकाे बिरुद्ध र बहुदलीय प्रजातन्त्र (पार्टी स्वतन्त्रता)को पक्ष -मा संघर्ष गर्ने महासचिवद्वारा प्रस्तावित कार्यनीति, (४)महासचिव -को नेपाललाई “शान्ति-क्षेत्र बनाउने” प्रस्तावलाई पूर्णत:
होइन, विश्लेषणात्मक ढंगले मात्र बिरोध गर्ने नीति। जाहेर छ,सार्वजनिक रुपमै यस्ता नीतिको पक्षपोषण गर्ने सीपी मैनाली नेकपा(माले) जस्तो उदीयमान प्रगतिशील पार्टीको नेता रहिरहनु विस्तारवादी वाह्य शक्तिको स्वार्थ विपरित हुन्थ्यो। त्यसकारण त्यसले अाफ्ना माध्यम मार्फत तत्कालिन `माले´ भित्रका निम्न- पुँजीवादी, मनोगतवादी र संकीर्णतावादी चिन्तनबाट मुक्त भई नसकेका असन्तुष्ट नेता-कार्यकर्ताहरुलाई प्रभावित पार्दै, उनीहरुका खुद्रा बिरोधहरुमा साथ-समर्थन दिँदै छिपछिपे मार्क्सवादी चिन्तनमा मग्न महत्वाकांक्षी नेतालाई उम्मेद्वार नेताको रुपमा सिंगार्न शुरु ग-यो।साथै त्यो तात्कालिक कार्यक्रम र कार्यनीतिबारे अल्पमतमा परेपछि सीपी मैनालीलाई थलापर्ने गरी कार्वाही गर्ने पार्टीको आन्तरिक राजनीतिक वातावरण निर्माण गर्न उत्प्रेरक बन्यो। पार्टीलाई दिएको पूर्वसूचना अनुसार केकको १३ औँ बैठक समक्ष लिखित राजिनामा दिइसकेका सीपी मैनालीलाई उक्त राजिनामालाई अस्वीकृत गर्दै निराधार रुपमा अनुशासनात्मक कारवाही गरी २०३९ सालको कार्तिक २२ गते महासचिव र पोलिटब्युरो सदस्यबाट हटाइयो । निश्चित छ, त्यो नेकपा (माले) भित्र वाह्य शक्तिको आशिर्वाद प्राप्त कार्वाही थियो, जसलाई मेरा कतिपय अनाडीपन, अज्ञानता र तत्जन्य कमजोरीहरुले पनि सघाउन पुगेका रहेछन् ।
नेकपा(नेकपा) भित्रको हालको द्वन्द केही कुरामा मात्र त्यस बेलाको अन्तरपार्टि संघर्षबाट भिन्न छ। ती हुन्:
(१) त्यस बेला बिदेशी शक्तिको आशिर्वादले पार्टी नेतृत्वकाे बिपक्षलाई मात्र लपेटेको थियो, आज त्यसले द्वन्दरत दुवै पक्षलाई लपेटेको छ।
(२)त्यसबेला त्यो अन्तरपार्टी संघर्ष मात्र थियो। आज यो सत्ता सहितको र बिनाको द्वन्द बनेको छ।
(३) अहिले के पी ओली पक्षका केही अत्यन्त गंभिर दोषले उनकाे विपक्षलाई बलशाली बनाएका छन्। त्यसबेला नेतृत्वको बिरोध पक्षले निहुँ बनाउन पाउने गरी नेतृत्वले कुनै उल्लेखनीय गल्ती नगरेको हुनाले उनीहरु नांगिएर कार्वाही गर्न विवश थिए।
(४)आज दुवै द्वन्दरत पक्ष सिङ् भाँचिएका मुडुला थुम्वा बनेका छन्। जसले गर्दा नेकपा२ फुटे पनि नेपालराष्ट्रकै सिङ् (स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डता) भाँचिने छ। (५)द्वन्दरत दुवै पक्षले वुझ : तिम्राे कथित परममित्र, त्यो बिदेशी शक्ति तिमीमध्ये कसैको पनि मित्र होइन, त्यो नेपालकै शत्रु हो; र, यस्ता शक्तिहरु अत्यन्त निर्दयी हुन्छन। यिनले कालान्तरमा जस्ता सेवकलाई पनि सर्वनाश गरेका छन।